जनरल मोटर्सले नाफा बढाउन रोजगारी कटौती गर्ने, साढे २ अर्ब अमेरिकन डलरले नाफा बढ्ने प्रक्षेपण

बिजमाण्डू
२०७५ पुष २७ गते २२:१२ | Jan 11, 2019
जनरल मोटर्सले नाफा बढाउन रोजगारी कटौती गर्ने, साढे २ अर्ब अमेरिकन डलरले नाफा बढ्ने प्रक्षेपण

न्यूयोर्क। अमेरिकी मोटर्स कम्पनी जनरल मोटर्स (जिएम) ले सन् २०१९ मा कम्पनीको पुनः संरचना गर्ने र रोजगारी कटौति तथा चीन र अमेरिकामा हुने ठोस विक्रीबाट आफूलाई नाफामा लाने शुक्रबार बताएको छ।

Tata
GBIME
Nepal Life

रोजगारी कटौति गर्ने निर्णयका लागि अमेरिकी राष्ट्रपति तथा राजनितिज्ञबाट आलोचित हुनुपरेको जिएम कम्पनीले पुनः संरचनाबाट कम्पनीलाई दुई अर्ब अमेरिकी डलरदेखि दुई अर्ब ५० करोड अमेरिकी डलर थप नाफा गर्ने प्रक्षेपण गरेको छ।

पुनःसंरचनाले कम्पनीलाई आर्थिक विश्लेषकको अनुमानभन्दा शेयरमा धेरै गुना वृद्धि गर्ने पनि जिएमले जनाएको छ।

जिएमका कार्यकारिणीहरू चीन–अमेरिका व्यापार सम्झौताप्रति पनि आशावादी देखिएका छन्। उनीहरूले चीनमा यसै हप्ता भएको चीन–अमेरिका वार्तालाई दुवै मुलुकको हितका लागि गरिएको रचनात्मक पहल भनेका छन्।