हिमालयन बैंकको मास्टरकार्डको डेबिट कार्ड सेवा, किनमेलामा २० प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७५ पुष २७ गते १५:५९ | Jan 11, 2019
हिमालयन बैंकको मास्टरकार्डको डेबिट कार्ड सेवा, किनमेलामा २० प्रतिशतसम्म छुट

काठमाडौं। हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा शुभारम्भ गरेकोे छ। 

Tata
GBIME
Nepal Life

बैंकका ग्राहकहरुले मास्टरकार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेंटहरुमा (होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरु) २० प्रतिशतसम्म छुट पाउने छन्। 

बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि योे कार्ड निशुल्क प्रदान गर्ने जानकारी गराएको छ। यसबाहेक मास्टरकार्डधारी ग्राहकहरुले यो कार्ड नेपाल भरिका कुनै पनि पस मेशिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन्। 

बैंकद्घारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रिय प्रमुख पोरुष सिंहले कार्डको सेवा शुभारम्भ भएको घोषणा गरेका छन्।