सिटिजन्स बैंकले खोल्यो सातै वटा प्रदेशमा प्रादेशिक कार्यालय, अब यस्ता काम हुन्छन् प्रदेशबाट

बिजमाण्डू
२०७५ पुष २७ गते १०:११ | Jan 11, 2019
सिटिजन्स बैंकले खोल्यो सातै वटा प्रदेशमा प्रादेशिक कार्यालय, अब यस्ता काम हुन्छन् प्रदेशबाट

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं ३ को प्रादेशिक कार्यालय काठमाडौँको डिल्लीबजारस्थित आफ्नै भवनमा सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

कार्यालयको उद्घाटन बैंकका अध्यक्ष डा. शंकरप्रसाद शर्माले ताम्रपत्र अनावरण गरी गरेका छन्। प्रदेश नं ३ अन्तर्गत बैंकका ३४ वटा शाखाहरु (काठमाडौँ उपत्यका भित्र २६ र उपत्यका बाहिर ८ वटा) छन्। कार्यालयले यी शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयबाट गर्ने छ। 

प्रदेश नं ३ मा रहेका १४ जिल्लामध्ये ९ वटा जिल्लामा बैंकको पहुँच रहेको छ। यस प्रदेशमा बैंकले करिव २ लाख ६० हजार ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ। प्रदेश न ३ मा बैंकले करिव ५७ अर्व निक्षेप परिचालन गरी ४५ अर्व कर्जा प्रवाह गरेको छ।

यसअघि बैंकले प्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमा, प्रदेश नं ५ को नेपालगंजमा र प्रदेश नं ६ कोसुर्खेतमा, प्रदेश नं ७ को धनगढीमा कार्यालय स्थापना गरिसकेको छ। नियमनकारी निकायको निर्देशनअनुसार सबै प्रदेशमा कार्यालय खोलेको बैंकले जनाएको छ।