अल्टिच्यूड एयरको उडानमा रोक, छानविन समितिले पनि थाल्यो अनुसन्धान

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ भदौ २९ गते १५:१२ | Sep 14, 2018
अल्टिच्यूड एयरको उडानमा रोक, छानविन समितिले पनि थाल्यो अनुसन्धान


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले अल्टिच्यूड एयरको उडान रोकेको छ। दुर्घटनापछि छानविनका लागि भन्दै कम्पनीको उडान रोकेको हो।

Tata
GBIME
Nepal Life

'प्राधिकरणले कम्पनीको उडानमा रोक लगाउनु स्वभाविक हो। दुर्घटनापछि पुर्नमूल्यांकन गर्न प्राधिकरणले कम्पनीको उडानमा रोक लगाएको हो।कम्पनीलाई हामीले ‘सेफ्टी एसेसमेन्ट’ गर्नका लागि निर्देशन दिएका छौँ,' प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने।

यस्तै हेलिकोप्टर दुर्घटनाको छानविन गर्न बनाएको समितिले अनुसन्धान सुरु गरेको छ। छानविन समितिको टोली विहिबार दिउँसो घटनास्थलमा जाने क्रममा मौसम खराब भएपछि बीच बाटोबाटै फर्किएको छानविन समिति अध्यक्ष वुद्धिसागर लामिछानेले जानकारी दिए।  

छानविनका लागि आनी डोल्मा, अल्टिच्यूड एयरका पदाधिकारी, प्राधिकरणका पदाधिकारी, स्थानीयसँग सोधपुछ गरिने उनले बताए। 'पहिलो चरणमा हामी घटनास्थलमा पुग्नेछौँ। अध्ययनका लागि हेलिकोप्टरमा भएको भेहिकल एण्ड इन्जिन मेनेजमेन्ट डिस्प्ले (भिइमडी) आवश्यक हुन्छ। त्यो उपकरण ल्याएर हेलिकोप्टरको अवस्था विवरण लिनका लागि फ्रान्समा पठाइनेछ,उनले भने।