शेयर बजारमा १३.६६ अंकको गिरावट, कारोबार रकममा पनि सुधार, ‘कतैबाट राहत पाइएन’

बिजमाण्डू
२०७५ असार २९ गते ०३:३६ | Jul 13, 2018

 
काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजारमा गिरावट देखिन थालेको छ। बिहीबार पनि बजार घटेको छ। बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या समाधान उन्मुख मौद्रिक नीति आएको प्रतिकृया आइरहेका बेला शेयर बजार १३.६६ अंकले घटेको छ। १.१३ प्रतिशतले घटेको शेयर बजारमा ४५ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ। 
 
उत्पादन तथा प्रशोधन बाहेक अन्य सूचक तथा उपसूचक ओरालो लागेका छन्। आज सबैभन्दा धेरै लक्ष्मी बैंकको ६ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ। 
 
कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा धेरै ८.५१ प्रतिशतले कमाएका छन् भने नागवेली लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ६.७० प्रतिशतले गुमाएका छन्। 
 
लगानीकर्ताले शेयर धितो ऋणको सिमा ५० प्रतिशतबाट बढाउन सुझाव दिए पनि मौद्रिक नीतिमा संवोधन नहुँदा लगानीकर्ता निरास भएको नेपाल इन्भेष्टर फोरमका महासचिव राजन लम्सालले बताए। 
 
'हामीले ५० प्रतिशतको सिमालार्इ ७० प्रतिशत पुर्याउन आग्रह गरेका थियौ तर पुरा भएन यसैले गर्दा लगानीकर्ता निरास भएका हन्' उनले भने। 

Tata
GBIME
Nepal Life