बालाजु क्षेत्रमा भोलि दिनभर विद्युत आपूर्ति बन्द हुने, कुन कुन ठाउँमा अवरुद्ध हुँदैछ विद्युत ?

बिजमाण्डू
२०७५ असार २७ गते १७:१५ | Jul 11, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्र अन्तर्गतका विभिन्न ठाउँमा भोलि दिनभर विद्युत आपूर्ति बन्द हुने भएको छ।

बनस्थली चोकदेखि बालाजु प्रहरी चौकी सम्म सडक विस्तारको काम हुने भएकाले विभन्न ठाउँमा विद्युत आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

बालाजु-नागार्जुन फिडर अन्तर्गत विभिन्न ठाउँमा विहान ८ बजे देखि साँझ ५ बजेसम्म आवश्यक्ताअनुसार विद्युत आपूर्ती बन्द गरिने छ।

विद्युत आपूर्ति बन्द हुने ठाउँहरुमा एमटिसी पर्खाल, जनजागृती, रोटरी क्लव, टौडोल, शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार सम्मका ठाउँहरु रहेको बालाजु वितरण केन्द्रले जनाएको छ।