काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले बूढानीलकण्ठ नगरपालिका वडा नं ११, जगडोल स्थित श्री जनजागृति माध्यामिक विद्यालयलाई दुई वटा कम्प्युटर र अन्य शैक्षीक सामाग्रीहरु हस्तान्तरण गरेको छ।
बैंकले आफ्नो आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई शैक्षीक सामाग्री हस्तान्तरण गरेको हो।
उक्त कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका सञ्चालक समितिका अध्यक्ष त्रिलोचन पौड्याललाई हस्तान्तरण गरेका छन्।
कम्प्युटर हस्तान्तरण समारोहमा विद्यालय ब्यवस्थापन समितीका सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका तथा बैंकका बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो।