चौधरी श्रीलंकामा सिमेन्ट उद्योग खोल्दै, श्रीलंकासँग राखे साढे ६ अर्ब रुपैयाँ लगानीको प्रस्ताव

बिजमाण्डू
२०७० जेठ ७ गते ००:०० | May 21, 2013
चौधरी श्रीलंकामा सिमेन्ट उद्योग खोल्दै, श्रीलंकासँग राखे साढे ६ अर्ब रुपैयाँ लगानीको प्रस्ताव


काठमाडौं । फोब्र्सको अर्बपति सूचीमा परेका उद्योगपति विनोद चौधरीले श्रींलकामा सिमेन्ट उद्योग खोल्ने भएका छन् । उनले ७ करोड ५० लाख डलर (६ अर्ब ५२ करोड ५० लाख रुपैयाँ) बराबरको सिमेन्ट उद्योग खोल्न श्रींलका सरकारसँग अनुमति मागेका छन् । चौधरीले श्रींलकाको जाफ्नामा उद्योग खोल्न प्रस्ताव पेस गरेको श्रींलकाको डेली मिररले जनाएको छ । श्रीलंकमा चौधरीको अन्य व्यवशायिक परियोजनाहरुमा पनि लगानी छ ।
योसमेत गरेर श्रींलकामा चौधरीको कुल लगानी २० करोड डलर (१७ अर्ब ८० करोड रुपैयाँ) पुग्ने छ । श्रींलकामा चौधरीले सन् २००० बाटै लगानी विस्तार गर्न थालेका हुन् । उनले कोलम्बोमा रहेको ताज समूहको ‘ताज लंका’ को सेयर लिएर श्रीलंकाको लगानीलाई औपचारिकता दिएका थिए । 
चौधरी समूहको सिनोभेसनले संयुक्त लगानीमा घरजग्गा लगायतका क्षेत्रमा लगानी गरेको छ । सिनोभेसन र जेटविङ ग्रुपको साझेदारीमा घरजग्गामा लगानी गरेका थिए । चौधरीले श्रीलंका आर्थिक वृद्धिको महत्वपूर्ण समयमा प्रवेश गरेको बताउँदै त्यहाँ लगानी गर्न आत्मविश्वास बढेको बताएका छन् ।
‘लगानीका धेरै चुनौतिहरु छन् । तर श्रींलकाको आर्थिक गति राम्रो दिशामा अघि बढिरहेको छ,’ समूहले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । चौधरी समूहले नेपाल र वाहिर गरेर १५ वटा सेगमेन्टमा ८५ वटाभन्दा बढी कम्पनी सञ्चालन गरिरहेको छ । समूहले बैक, खाद्यान्न, चाउचाउ, सिमेन्ट, इलोक्ट्रोनिक्स, टेलिकम, ऊर्जा, स्वास्थ्य, मनोरञ्जन, आयुर्वेदिक लगायतका कम्पनी सञ्चालन गरिरहेको छ ।

Tata
GBIME
Nepal Life

नेपालमा पनि सिजी सिमेन्ट उद्योगमा खुल्दै, २० बैंकबाट चार अर्बको कन्सोर्टिएम

 



सुरुङ्गमार्ग निर्माणको बाटो खुल्यो, सरकारले हस्तान्त्रण गर्यो परियोजना, तत्कालै निर्माण

बिजमाण्डू
२०७० जेठ ७ गते ००:०० | May 21, 2013
सुरुङ्गमार्ग निर्माणको बाटो खुल्यो, सरकारले हस्तान्त्रण गर्यो परियोजना, तत्कालै निर्माण


काठमाडौं । बहुप्रतिक्षित हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउन भूमि पूजा गरेको झन्डै चार महिनापछि सरकारले मंगलवार परियोजना नेपाल पूर्वाधार विकास कम्पनीलार्इ हस्तान्त्रणा गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयले अघिल्लो मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ‘कन्सेसन एग्रिमेन्ट’ सदर गरेको हो । परियोजना अघिल्लो बुधवार हस्तान्त्रण गर्ने तयारी भए पनि स्थगित गरिएको थियो । मंगलवार कम्पनीका अध्यक्ष कुशकुमार जोशीलार्इ मन्त्रालयका सचिव तुलसिप्रसाद सिटौलाले हस्तान्त्रण गरे ।

अध्यक्ष जोशीले हस्तान्त्रण कार्यक्रममा सुरुङमार्ग निर्माणले अब गति लिने बताए । जोशीले परियोजना निर्माण गर्न ३४ अर्ब ५० करोड रुपैयाँ लाग्ने र सडकको दुरी ५८ किलोमिटर हुने जानकारी दिए । उनले भने, परियोजना निर्माणमा जोखिम छ, तर लगानी गर्ने मान्छेले जोखिम लिनुपर्दछ, हामीले जोखिम लिएका छौं । उनले विकास साझेदारका रुप्मा निजी क्षेत्रलाई पहिचान गरेर आयोजना दिइएको र त्यसलाई आफूहरुले अवसरका रुपमा लिने समेत बताए ।
सचिव सिटौलाले बुट ऐनपछि पहिलोपटक निजी क्षेत्रलाई एउटा ठूलो परियोजना निर्माणको जिम्मा दिइएको बताए । यो नेपालकै निजी क्षेत्रले बनाउन सक्छ र ३५ अर्बको पुँजी जुटाउन सक्छ भन्ने विश्वासमा निर्माणको जिम्मा दिएका छौं, सिटौलाले भने । उनले गुणस्तरीयतालाई परीक्षण गर्न निरन्तर अनुमगन गर्ने पनि बताए । परियोजना निर्माणको जिम्मा लगाएर हाम्रो जिम्मेवारी सकिएको छैन्, अब परियोजनालाई गुणस्तरीय बनाउन हामी निरन्तर अनुगमनमा रहने छौं, उनले भने । परियोजनामा मकवानपुर जिल्ला विकास समिति र हेटौंडा नगरपालिकाले लगानी गर्ने प्रतिवद्धता जनाएको छ । परियोजना निर्माण सुरु भएको केहीपछि कम्पनीले सर्वसाधरणमा साधारण सेयर जारी गर्नेछ । अहिले दसहजारदेखि १० लाखसम्मको संस्थापक सेयर किन्न पाइनेछ ।
शर्त अनुसार कम्पनीले एक वर्ष भित्र फाइनान्सयल क्लोजर गर्नुपर्दछ । जोशीले एक वर्ष भित्र फाइनान्सियल क्लोजर गरेर, सर्वसाधरणका लागि सेयर समेत जारी गरिने बताए । यो एक जनाको परियोजना होइन, यो दुई लाख लगानीकर्ताको परियोजना हुनेछ, उनले भने । परियोजनामा लगानी गर्न यसअघि नै २२ बैंक, नागरिक लगानी कोष, गैरआवासिय नेपाली, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल निर्माण व्यवसायी महासंघले प्रतिवद्धता पत्र सरकारलाई बुझाइसकेका छन् ।
परियोजनाका उपाध्यक्ष लालकृष्ण के.सीले परियोजना निर्माण चुनौतीपूर्ण रहे पनि असम्भव भने नभएको बताए । उनले एक महिना भित्र फिल्डमै काम सुरू हुने जानकारी समेत दिए । सडक नेपाललार्इ मात्र होइन दक्षिण एशियालार्इ जोड्नेछ, उनले भने अब परियोजनाको काम फुल स्पिडमा हुन्छ । परियोजनाको निर्माण सन् २०१६ भित्र सम्पन्न हुने जानकारी समेत उनले दिए ।
नेपाल पूर्वाधार विकास कम्पनीले सम्झौंता भएको पन्ध्र दिनभित्रै शिलन्यासको कार्यक्रम अघि बढाउने स्रोतले जानकारी दियो । ‘शिलन्यासको राम्रो समय हेरेर मिति तय हुनेछ । सार्वजनिक–निजी– स्थानीय जनता साझेदारी अनुसार अगाडी बढाउन लागिएको मुलुकै पहिलो ठूलो परियोजना हो । सरकारले राखेको शर्तलाई पूरा गरेपछि सम्झौंता भएको हो । सरकारले आफुले बनाउनको लागि फाष्टट्रयाकलाई नजुधाउने गरी सुरुङमार्ग निर्माण हुनेछ । फाष्टट्रयाक र सुरुङमार्ग एकअर्कामा परिपूरक भएर अघि बढाउने सहमति भएको स्रोतले बतायो । चार वर्ष भित्र निर्माण पूरा गर्ने लक्ष्यसहित अघि बढाइएको परियोजनाको लागत झन्डै ३५ अर्ब रुपैयाँको हाराहारीमा हुनेछ ।

Tata
GBIME
Nepal Life