भाटभटेनीमा खरिदारी बजाजको सवारीमा छ जनालाई डिस्कभर बाइक उपहार

बिजमाण्डू
२०६९ माघ ३ गते ००:०० | Jan 16, 2013

काठमाडौं । भाटभटेनी सुपरमार्केटले बजार प्रवद्र्धनको लागि ल्याएको भाटभटेनीमा खरीदारी बजाज सवारी उपहार योजनाको विजेता घोषणा गरिएको छ । मंगलबार हास्यकलाकार हरिवंश आचार्यले  लक्की ड्रबाट विजेता घोषणा गरेका हुन् । भाटभटेनीका ६ वटा आउटलेटमा यो योजना लागु गरिएको छ । योजना अनुसार हरेक आउटलेटका एक/ एक जनालाई बजाज डिस्कभर–१२५ सीसी मोटरसाइकलको साँचो  हस्तान्तरण समेत गरिएको थियो । कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बजार प्रवद्र्धन गर्न यस्ता कार्यक्रम आगामी दिनमा समेत ल्याउने जानकारी दिए ।

Tata
GBIME
Nepal Life