श्रम मन्त्रालयले महानिर्देशक नपठाउँदा दैनिकजसो विभागमा श्रम स्वीकृतिका लागि आउने विदेशी कामदारका लागि काम गर्ने औपचारिक बाटो रोकिएको हो। विभागमा धेरैमात्रामा चिनियाँ कमदारहरु श्रम स्वीकृतका लागि अउने गरेको विभागका निर्देशक बरुण कुमार झाले बताए।
'अहिले विदेशी कामदारहरु काम गर्नका लगि वर्क परमिट लिनका लागि दिन कुरेर बस्नुपरेको छ' निर्देशक झाले भने 'मन्त्रालयले नपठाउँदा काममा समस्या परेको निश्चित हो।'
विभागले श्रम स्वीकृति नदिँदा चितवन मेडिकल कलेजका एकजना विदेशी विशेषज्ञले काम गर्न पाएका छैनन्। त्यस्तै विभिन्न विदेशी दातृ निकायमा काम गर्न आउने विदेशी कर्मचारीहरुले स्वीकृति पाएका छैनन्।
त्यस्तै शीर मेमोरियल अस्पताल बनेपाका लागि दुइजना डाक्टरले पनि श्रम स्वीकृति पाएका छैनन्। त्यस्तै ब्रिटिस स्कुल, फ्रेन्च स्कुल, हिमालयल फाउण्डेसन लागायतका विभिन्न संघ संस्थाका लागि आउने कामदारले स्वीकृति नपाएका हुन्। यी लगायत श्रम विभागमा ३७ जना विदेशी कामदारकाे श्रम स्वीकृति पाएका छैनन्।
श्रम विभागको वेबसाइटमा भने गत चैत्र ३० गते नै अनिवार्य अवकास पाएका पुर्वमहानिर्देशक रविन्द्र मोहन भट्टराईकै नाम राखिएको छ। जबकी मन्त्रालयलाई कुनै पनि कर्मचारी अवकास हुँदैछ भन्ने धेरै अगाडि थाहा हुन्छ।
श्रम मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले केहि दिनमा नै महानिर्देशकमा नाम सिफारीस गर्ने बताए। उनले भने 'हामीले आठ जनाको नाम सिफारीस गरेर मन्त्री समक्ष पठाएका छौ, उहाँले कहिले ग्रिन सिग्नल पठाउनुहुन्छ त्यसपछि टुङ्गो लाग्छ।'
नेपालमा विदेशी कामदारले एक पटकमा बढिमा एक बर्ष मात्र काम गर्न पाउँछन् भने बिदेशी नागरीकले पाँच बर्ष भन्दा धेरै समय काम गर्न नपाइने प्रावधान रहेको छ। त्यस्तै विदेशी कामदार वा पर्यटकले तीन महिनाको लागि भिजिट भिषा प्राप्त गर्न सक्छन्।