क्याननका पावरसट क्यामरा नेपाली बजारमा, शक्तिशाली लेन्ससहित जुम सुविधा

२०६९ मंसिर २८ गते ००:००
क्याननका पावरसट क्यामरा नेपाली बजारमा, शक्तिशाली लेन्ससहित जुम सुविधा


काठमाडौं । नेपालका लागि क्यानन क्यामराको आधिकारीक बिक्रेता प्राइमेक्स इन्टरनेशनलले नयाँ क्यामरा बजारमा ल्याएको छ । कम्पनीले कम्प्याक्ट प्रविधिसहितका पावरसट जी–१५,पावरसट एस–११०,र पावरसट एसएक्स–५० एचएस क्यानन क्यामरा बजारमा ल्याएको हो ।
१२.१ मेगापिक्सलको पावरसट जी–१५ क्यामरामा द्रुत गति सहितको अटो फोकस सुविधा, डिजिज फाइभ सुविधाका इमाजिङ प्रोसेस ,दुइतिरबाट चलाउन सकिने प्रविधि लगाएतका सुविधा छन ।
त्यस्तै एस–११० क्यामेरामा १२.१ मेगापिक्सल सहित टचस्क्रिन र एलसिडि मनिटर लागाएतका सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । पारवरसट एसएक्स–५० एचएस क्यामेरामा शक्तिशाली लेन्स सहितको जुम सुविधा छ ।


Sunrise Bank
TATA
GBIME