सहमतिको सरकारका लागि फेरी थपियो सात दिनको म्याद, सहमति जुटाउने दलहरुको प्रतिवद्धता

बिजमाण्डू
२०६९ मंसिर १५ गते ००:०० | Nov 30, 2012
सहमतिको सरकारका लागि फेरी थपियो सात दिनको म्याद, सहमति जुटाउने दलहरुको प्रतिवद्धता

काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्नका लागि एक सातको समय दिएका छन् । राष्ट्रपतिबाट नेपालको अन्तरिम संविधान २०६३ को मर्मलाई दृष्टिगत गरी धारा ३८ को उपधारा (१) बमोजिम बिहीबार अपराह्न ४ बजेसम्म समय निर्धारण गरिएकामा सहमति जुट्न नसकेपछि पुनः एक हप्ताको लागि समय थप गरिएको हो ।
राष्ट्रपतिले विहिवार साँझ प्रमुख दलका नेताको छलफलपछि सहमतिको सरकारका लागि पुनः आह्वान गरेका हुन् । दलहरुलाई मङ्सिर २१ गतेसम्ममा सहमतिका आधारमा प्रधानमन्त्रीको चयन गर्न राष्ट्रपतिबाट औपचारिक आग्रह गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धु्रवराज जोशीले जारी गरेको विज्ञप्तिमा छ ।
यसैवीच राष्ट्रपति डा यादवसँग विहिवार साँझ भएको शीर्ष नेताले राष्ट्रिय सहमतिको सरकार गठन एक साताको समय माग गरेका छन् । राष्ट्रिय सहमतिका आधारमा प्रधानमन्त्रीको चयन गर्न राष्ट्रपतिले गत साता दिएको समय सकिएपछि नेताहरू शीतल निवास पुगेका थिए ।
 एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका राजेन्द्र महतो सहभागी भेटमा सहभागी थिए । भेटवार्ताबारे जानकारी दिँदै एमालेका अध्यक्ष खनालले थप गरिएको समयभित्र आफूहरूले सहमतिका लागि कोसिस गर्ने बताए ।

Tata
GBIME
Nepal Life