नेसनल हाइड्रोको साधरणसभा गर्न अदालतको आदेश, कार्की रजौरियालाई वैधानिकता

बिजमाण्डू
२०६९ मंसिर ११ गते ००:०० | Nov 26, 2012

काठमाडौं । नेसनल हाइड्रो पावर कम्पनीलाई वार्षिक साधारणसभा गर्न पुनरावेदन अदालत पाटनले आदेश दिएको छ । पुनरावेदनको वाणिज्य इजलासले दीपक कार्की र प्रकाश रजौरियालाई वैधानिक सञ्चालक मानेर साधरणसभा गर्न आदेश दिएको हो । न्यायधिशद्वय टंक मोक्तान र सुष्मालता माथेमाको संयुक्त इजलासले यो आदेश दिएको हो । यो फैसलाबाट एनबी समूह नेसनल हाइड्रोबाट वाहिरिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयको भदौ २४ गते लक्ष्मीबहादुर श्रेष्ठ र सर्वसाधरणबाट प्रतिनिधित्व गर्ने कार्की र रजौरिया वैधानिक सञ्चालक घोषणा गरेको थियो ।

Tata
GBIME
Nepal Life