काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड(युटिएल)ले इन्टरनेटमा दशैं अफर सुरु गरेको छ । कम्पनीले दुई सय ५० रुपैयाँमा ५६ दिनसम्म असिमित इन्टरनेट चलाउन पाउने ग्राहक योजना लागु गरेको हो । यो डाटा प्याक योजना दशैं तथा तिहारजस्ता चाडपर्वलाई लक्षित गरि ल्याइएको कम्पनीले जनाएको छ ।
भदौं १५ गते देखि असोज ८ गतेभित्र युटिएल डाटाप्याक सिम किनेर ग्राहकले असिमित इन्टरनेट सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत भदौं १५ गते डाटाप्याक सिम किन्ने ग्राहकले ५६ दिनसम्म र असोज ८ गते किन्ने ग्राहकले ३२ दिनसम्म इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।
योजनाको अवधि समाप्त भएपछि अर्थात ९ गतेपछि यो डाटाप्याक स्वतः नियमित इन्टरनेट सेवामा परिणत हुनेछ । नियमित इन्टरनेट सेवा अन्तर्गत ग्राहकले मासिक पाँच सय ६५ रुपैयाँ रिचार्ज गरि सेवा नियमित गर्न सक्नेछन् ।
नयाँ सिममा मात्रै योजना लागु हुनेछ । यस अघिका डाटा प्याकेजहरुमा यो योजना लागु नहुने कम्पनीले जनाएको छ ।