स्टान्डर्ड चार्टर्ड बैंक अफ दि इयरबाट सम्मानित, बैंकर म्यागेजिनबाट यसअघि तीन पटक सम्मानित

बिजमाण्डू
२०७२ मंसिर १७ गते ००:०० | Dec 3, 2015
स्टान्डर्ड चार्टर्ड बैंक अफ दि इयरबाट सम्मानित, बैंकर म्यागेजिनबाट यसअघि तीन पटक सम्मानित
काठमाडौं । बैंकिङ क्षेत्रमा संन्सारकै चर्चित र सम्मानित अवार्ड स्टान्डर्ड चार्टर्ड बैंक नेपालले पाएको छ । चार्टर्ड ‘बैंक अफ दि इयर–२०१५’ बाट सम्मानित भएको हो ।

Tata
GBIME

सन्सारकै चर्चित बैंकर म्यागेजिनले बार्षिक रुपमा प्रदान गर्ने यो अवार्डमा सन्सारभरीकै बैंकहरुले प्रतिस्पर्धा गर्छन् । बैंकर म्यागेजिन १८० देशमा पढिन्छ ।

बैंकले यस बर्ष बैंक अफ दि इयरका साथै २०१५ युरोमनी अवार्डस फर एक्सिलेन्स, वल्र्ड वेस्ट इमेर्जिङ मार्केट बैंक्स फर २०१५ र वल्र्डस वेस्ट कन्जुमर डिजिटल बैंकिङ अवार्ड प्राप्त गरिसकेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक नेपालले यसअघि पनि तीन पटक बैंक अफ दि अवार्ड प्राप्त गरिसकेको छ । बैंकले सन् २००२, २००९ र २०१३ मा यो अवार्ड  प्राप्त गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले अवार्ड प्राप्त गरेपछि खुसी भएको प्रतिकृया दिँदै नेपालमा सकारात्मक भूमिका खेलेको बताएका छन् ।