
काठमाडौं। तत्काली सेन्चुरी बैंक ऋण प्रवाह प्रकरणमा थप एक जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को टोलीले अभिषेक बज्राचार्यलाई पक्राउ गरेको हो।
सुनसरी प्रहरीको सहयोगमा उनलाई धरानबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको हो।
त्यस्तै सोमबार प्रहरीले बैंकका तत्काली अध्यक्ष राजेश श्रेष्ठ सहित ८ जनालाई पक्राउ गरेको थियो। सञ्चालक समितिका सदस्यहरु सुनिल कुमार न्यौपाने, प्राडा गिता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र सिडिए सेक्सन चिफ शिव गोपाल रिसाल रहेका छन्।
त्यस्तै प्रहरीको पक्राउ सुचीमा मनबहादुर राई पनि रहेका छन्।
प्रहरीले फागुन १५ गते ११ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। सीआइबीले तत्कालीन सेन्चुरी कर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) तुलसीराम गौतम, तत्कालीन सीइओ मनोज न्यौपाने (हाल प्रभु बैंकका डेपुटी सीइओ) सहित ११ जनालाई फागुन १५ गते पक्राउ गरेको थियो।
बिरामी परेका कारण एक जना त्यही बेला छुटेकी थिइन्। बाँकीलाई भने तेस्रो पटक म्याद थप गरेर हिरासतमा राखी दुई सातापछि हाजिरी जमानीमा रिहा गरिएको थियो।