
काठमाडौं मंगलवार सुन तोलामा एक सय २० रुपैया घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले मंगलवारको लागि सुन प्रति तोलाको ६१ हजार ६० रुपैयाँ तोकेको छ । गत आइतवार एकै दिन तोलामा एक हजार एक सय बीस रुपैयाँले बढेको सुन सोमवार प्रति तोलामा ६० रुपैयाले बढेर ६१ हजार एक सय ८० रुपैयामा कारोवार भएको थियो । केहि दिन यता सुनको मुल्यले लगातार नयाँ रेकर्ड बनाउदैं आए पनि मुल्यमा भने उतार चढाव आइरहेको छ । सुनको मुल्यसँगै लगातार उकालो लागिरहेको चाँदीको मुल्य मंगलवार भने स्थिर रहेको छ । सोमवार मात्रै चाँदीको मुल्य तोलामा एघार रुपैयाँले बढेर १२ सय रुपैयामा कारोवार भएको थियो