BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा ब्रेक लाग्यो, तोलामा १२० घट्यो, अझै पनि ६१ हजार माथि

२०६९ भदौ २६

सुनको मूल्यमा ब्रेक लाग्यो, तोलामा १२० घट्यो, अझै पनि ६१ हजार माथि
सुनको मूल्यमा ब्रेक लाग्यो, तोलामा १२० घट्यो, अझै पनि ६१ हजार माथि

काठमाडौं मंगलवार सुन तोलामा एक सय २० रुपैया घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले मंगलवारको लागि सुन प्रति तोलाको ६१ हजार ६० रुपैयाँ तोकेको छ ।   गत आइतवार एकै दिन तोलामा एक हजार एक सय बीस रुपैयाँले बढेको सुन सोमवार  प्रति  तोलामा ६० रुपैयाले बढेर ६१ हजार एक सय ८० रुपैयामा कारोवार भएको थियो । केहि दिन यता सुनको मुल्यले लगातार नयाँ रेकर्ड बनाउदैं आए पनि मुल्यमा भने उतार चढाव आइरहेको छ ।  सुनको मुल्यसँगै लगातार उकालो लागिरहेको चाँदीको मुल्य मंगलवार भने स्थिर रहेको छ । सोमवार मात्रै चाँदीको मुल्य तोलामा एघार रुपैयाँले बढेर १२ सय रुपैयामा कारोवार भएको थियो

Tata
GBIME
Nepal Life