काठमाडौं। सुन तोलामा २ सय र चाँदी १० रुपैयाँ घटेको छ। मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार ८ सय भएको छ।
यस्तै चाँदी ११ सय ९० रुपैयाँ प्रतितोला भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको भाउ साताको पहिलो कायम कारोबार मूल्यमै दोस्रो दिन स्थिर थियो। गत शुक्रबारका तुलनामा ७ सय बढ्दा आइतबार सुन प्रतितोला ९२ हजार रुपैयाँ पुगेको थियो। चाँदी गत शुक्रबारका तुलनामा १० रुपैयाँ बढेर आइतबार प्रतितोला १२ सय भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ लगातार कमजोर भएको छ। गत शुक्रबार १७७२.४७ डलर प्रतिऔंस रहेको सुन आइतबार १७८३.४४ डलर भएको थियो। सोमबार गिरावट आउँदै १७८२.६० डलरमा कारोबार भयो भने मंगलबार अझ घटेर १७७७.९८ डलर भएको छ।
यस्तै चाँदी गत शुक्रबार २२.४१ डलर थियो। कारोबारमा सामान्य सुधार आएर आइतबार २२.५४ डलर भएको थियो। सोमबार घटेर २२.४८ मा आएको थियो, पुनः गिरावट आएर मंगलबार २२.३२ डलर भएको छ।