सानिमा बैंकको नाफा ७.३७ प्रतिशतले घट्यो, स्प्रेडमा कटौतीले ब्याज आम्दानी कम,व्यापार बिस्तार

बिजमाण्डू
२०७७ माघ १४ गते ०९:२० | Jan 27, 2021
सानिमा बैंकको नाफा ७.३७ प्रतिशतले घट्यो, स्प्रेडमा कटौतीले ब्याज आम्दानी कम,व्यापार बिस्तार

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा बैंकको नाफा ७.३७ प्रतिशतले घटेको छ। बैंकले बुधबार चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा एक अर्ब १४ करोडबाट घटेर एक अर्ब ६ करोडमा सीमित भएको जनाएको छ।

बैंकले चालु वर्षको पछिल्लो तीन महिना (कात्तिकदेखि पुस) मा नाफा ६८ करोड ९५ लाख रुपैयाँ गरेको छ। यसअघिको त्रैमास (साउनदेखि असोजसम्म) को तुलनामा पछिल्लो तीन महिनाको नाफा लगभग दोब्बर हो। 

बैंकले ९० अर्ब ८५ करोडको ब्यापारलाई एक खर्ब एक अर्ब ६४ करोड पुर्‍याएको छ। निक्षेप भने एक खर्ब ७ अर्बको तुलनामा एक खर्ब १० अर्ब पुर्‍याएको छ। 

बैंकको खुद ब्याज आम्दानी घटेको छ। २ अर्ब १६ करोडको आम्दानी एक अर्ब ९९ करोडमा झरेको छ। यसले गर्दा नाफा प्रभावित भएको हो। आम्दानी घट्नुको प्रमुख कारण स्प्रेडमा कटौती हो।

बैंकले ब्याज स्प्रेड ५.०४ प्रतिशतबाट ४.२१ मा झारेको छ। आधार दर ९.२९ बाट ६.८३ प्रतिशतमा आएको छ। एकदमै कम खराब कर्जा हुने सानिमाको यसपाली ०.५८ प्रतिशत पुगेको छ।