काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार ११.३० अंक बढेर बन्द भएको छ । १ हजार ३ सय ८३.९९ विन्दुबाट सुरु भएको कारोबार आधा घण्टामा घटेर १ हजार ३ सय ६२.७९ विन्द्सम्म ओर्लिएको थियो । नेप्से सुचक सो विन्दुमा पुगेपछि खरीदकर्ताहरुका चाप गर्न गई बजार अन्त्यसम्म बढेर १ हजार ३ सय ९२.६८ बन्द भयो ।
कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुदपनि आइतवार सेयर बजार बढ्न पुगेको छ ।
गत आर्थिक वर्षको नाफा घाटाको वित्तीय विवरण सर्वाजानिक गनुपर्ने समयपनि साउन मसान्त नजिकै आएको छ । हालसम्म नेपाल बैंक बाहेक अरु बैंकले सो विवरण सार्वजानिक गरेका छैनन् ।
कोरोना भाइरसले नेपाल बैंकको विवरणलाई खासै प्रभाव नपारेका कारण अन्य बैंकहरुको सूचक पनि राम्रो आउने आशंका लगानीकर्ताहरुमा छ ।
सामुहिक लगानी कोष ( म्युचुअल फण्ड)हरुले गत आवको नाफाबाट प्रतिफल घोषणा गरिरहेका छन् जसको सकारात्मक प्रभाव सेयर मुल्यमा परेको छ ।
आर्थिक वर्ष समाप्त भएसँगै बैंक तथा वित्तीय संस्थाहरुको लाभांश आउने भएकाले पनि बजार सकारात्मक भएको एक लगानीकर्ताले बताए ।
आइतबारको कारोबारमा १ सय ८७ कम्पनीमा १ सय ३ कम्पनीको सेयर मुल्य बढेको छ भने ४६ वटाको घटेको छ । साथै, १६ कम्पनीको मुल्य स्थिर रहेको छ । कुल ९७ करोड ७८ लाख ९५ हजार बराबरको सेयर कारोबार भएको छ ।
हालसालै नेप्सेमा आइपिओ सुचिकृत भएको अजोड इन्स्योरेन्स र साधना लघुवित्तको सेयर मुल्य करिब १० प्रतिशत बढ्न पुगेको छ ।
अजोड इन्स्योरेन्सको सेयर मुल्य प्रतिकित्ता ४ सय ६७ पुगेको छ भने साधना लघुवित्तको ४ सय ३६ रुपैयाँ पुगेको छ । गत आवको वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बैंकको मुल्य ६ प्रतिशत बढेको छ ।