काठमाडौं। एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिब्य लघुवित्तलाई गाभ्ने अन्तिम निर्णय गर्ने भएको छ। संस्थाले फागुन १६ गते डाकेको बार्षिक साधारणसभामा मर्जर प्रस्ताव पारित गर्ने भएको छ।
कम्पनीले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई पनि गाभेको थियो। यो मर्जरलाई पनि साधारणसभाले अनुमोदन गर्ने छ।
आगामी साधरणसभाले किसान र दिब्यसँगको सेयर आदनप्रदान अनुपात पनि अनुमोदन गर्ने छ। मर्जरपछि संस्थाको पुँजी ५२ करोड पुग्ने छ भने सञ्जाल १३० भन्दा बढि स्थानमा फैलिने छ।
कम्पनीले हकप्रद एफपीओ सेयर जारि गरि एक अर्ब रुपैयाँको कम्पनी बनाउने संस्थापकहरुको योजना छ।