
काठमाडौं । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले कम्प्याक्ट लग्जरी एसयुभि ‘जिकर एक्स’ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तय गरेको छ।
यसअघि ८४ लाख ९९ हजार बजार मूल्य रहेको जिकर एक्स हाल १० लाख कम मूल्यमा उपलब्ध गराइएको हो।
‘अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ नाम रहेको यस योजनाअनुसार ग्राहकहरूले मात्र २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन्। अफरमा एक्सचेन्ज बोनस, अटो प्लस बीमा, सडक करमा १ आर्थिक वर्षको छुट, र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता थप विशेष सुविधाहरूको समेत लाभ लिन सक्नेछन्।
२०० किलोवाट मोटरद्वारा संचालित हुँदा यो गाडीले उत्कृष्ट पर्फमेन्स र सहज, रेस्पोन्सिभ ड्राइभ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
यो गाडीको डब्लुएलटिपि रेन्ज ४४० किलोमिटर रहेको छ र पर्फमेन्स पनि अग्रणी युरोपियन प्रतिस्पर्धीहरूसँग बराबर रहेको छ।
जिकर एक्स, जिकर ००१ र जिकर सेभेन-एक्स जस्तै उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित छ। यसको संरचना ७३ प्रतिशत हाइ-स्ट्रेन्थ स्टिल प्रयोग गरेर बनाइएको छ।
जिकर एक्स २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो। यसले प्रतिष्ठित ५-स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ। साथै ग्रिन एनक्यापबाट ५-स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीपनमा पनि अग्रता लिएको छ।