धनगढी र चितवनको खेलमा काठमाडौंको नजर, प्लेअफ पुग्ने अन्तिम टोलीको आजै लाग्नेछ टुंगो

बिजमाण्डू
२०८२ बैशाख ४ गते १४:१० | Apr 17, 2025
धनगढी र चितवनको खेलमा काठमाडौंको नजर, प्लेअफ पुग्ने अन्तिम टोलीको आजै लाग्नेछ टुंगो


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज लिग चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे हुने खेलमा धनगढी एफसी र एफसी चितवन भिड्दैछन्।

Tata
GBIME

यो खेलले प्लेअफ पुग्ने तेस्रो टोलीको टुंगो लगाउने छ। हालसम्म धनगढी एफसी र ललितपुर सिटी एफसीले शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ। तर, यी दुई टोलीबीचमा को शीर्षस्थानमा हुनेछ भन्ने टुंगो आजको खेलले दिनेछ।

त्यस्तै, पोखरा थण्डर्सले इलिमिनेटर खेल्ने पक्का भइसकेको छ। अब, आजको खेलले इलिमिनेटर खेल्ने अन्य टोलीको पनि टुंगो लगाउने छ।

आजको खेल एफसी चितवनले जितेको खण्डमा चितवनले इलिमिनेटर खेल्नेछ भने धनगढीले जितेको खण्डमा काठमाडौंले इलिमिनेटर खेल्नेछ। बराबरी नतिजा आए पनि चितवन प्लेअफमा पुग्नेछ। आजको खेल चितवनसँगसँगै काठमाडौंका लागि पनि महत्वपूर्ण छ।

झापा एफसी र बुटवल लुम्बिनी एफसी भने तेस्रो संस्करणबाट बाहिरिसकेका छन्।

चितवन र धनगढी हालसम्म दुई पटक आमनेसामने भएका छन् जसमा दुबै खेल धनगढीले जितेको छ।