अफगानिस्तानलाई नेपालले दियो १ सय ९२ रनको लक्ष्य, हफिजको घातक बलिङ

बिजमाण्डू
२०८१ चैत्र २७ गते १३:०४ | Apr 9, 2025
अफगानिस्तानलाई नेपालले दियो १ सय ९२ रनको लक्ष्य, हफिजको घातक बलिङ


काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोलीले अफगानिस्तानलाई १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ। मुलपानी क्रिकेट मैदानमा जारी सिरिजको तेस्रो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४.५ ओभरमा अलआउट हुँदै १ सय ९१ रन बनाएको हो।

Tata
GBIME

३ मध्ये २ खेलमा नेपाललाई हराउँदै अफगानिस्तानले सिरिज जितिसकेको छ। आज अफगानिस्तान क्लिन स्वीपको खोजीमा छ भने नेपाल सान्त्वना जितको।

पहिलो विकेटका लागि ८३ रनको साझेदारी गर्दै ओपनर साहिल पटेल र निरजकुमार चौधरीले राम्रो सुरुवात दिलाए। पटेलले ४६ रन बनाउँदा यादवले ४२ रन बनाए। त्यस्तै रोशन विश्वकर्माले २८, कप्तान नरेन भट्टले २२ रन बनाए।

बलिङतर्फ हफीज जार्डनले सर्वाधिक ४ विकेट लिँदा अब्दुल अजिज र जैतुल्लाह शाहिनले समान २ विकेट लिए। त्यस्तै, रुहुल्लाह अरब र मेहबुब खानले समान १ विकेट लिए।

नेपाल र अफगानिस्तान दुवै यू-१९ विश्वकप छनोटको तयारीमा छन्। ५ टोली सहभागी यो प्रतियोगिता आइतबारबाट मुलपानीमा हुँदैछ।

अफगानिस्तान जवाफी ब्याटिङमा उत्रिँदैछ।