काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले कैलालीको अत्तरियामा शाखा खोलेको छ। नयाँ शाखाको उद्घाटन पूर्व मन्त्री तथा संघिय प्रतिनिधि सभा सदस्य लेखराज भट्टले गरेका छन्।
शाखा उद्घाटनपछि भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए।
कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती थियो।
बैंकको १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय छन्। बैंकका १० लाख ग्राहक छन्।