बागलुङ र झापामा लुटपाटमा संलग्न व्यक्ति खोज्दै प्रहरी, १४ तोला सुनसहित धनमाल चोरी

बिजमाण्डू
२०८१ फागुन २३ गते १३:०४ | Mar 7, 2025
बागलुङ र झापामा लुटपाटमा संलग्न व्यक्ति खोज्दै प्रहरी, १४ तोला सुनसहित धनमाल चोरी


काठमाडौं । बिहीबार बागलुङ र झापामा लुटपाट गर्ने समूहलाई प्रहरीले खोजिरहेको छ।

Tata
GBIME
NLIC

बिहीबार झापाको अर्जुनधारा नगरपालिका-६ दासपुलस्थित लक्ष्मी संग्रौलाको घरबाट ९ तोला बराबरको सुनका विभिन्न गरगहना चोरी भएको थियो। सोही घरबाट ३ तोला चाँदी गरि करिब १५ लाख रूपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ।

यस्तै, बागलुङको गलकोट नगरपालिका-४ ओखरबोट स्थित देउरूपा न्यौपानेको घरबाट पनि बिहीबार ५ तोला बराबरको सुनका विभिन्न गरगहना चोरी भएको छ। सो घरबाट मोबाइल १ थान र नगद १२ हजार रूपैयाँ पनि चोरी भएको छ।

प्रहरीले चोरीमा संलग्नहरुको खोजी भइरहेको जनाएको छ।