सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको १ लाख ६० हजार ४ सय, चाँदी कति?

बिजमाण्डू
२०८१ माघ १३ गते ११:२९ | Jan 26, 2025
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको १ लाख ६० हजार ४ सय, चाँदी कति?


काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँ घटेको हो।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिनका तुलनामा शुक्रबार एक हजार रुपैयाँ बढ्दा तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा करोबार भएको थियो।

चाँदीको मूल्य पनि आइतबार घटेर प्रति तोला १ हजार ८ सय ६५ रुपैयाँ भएको छ। शुक्रबार तोलाको १ हजार ८ सय ८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थोरै घटेको छ। आइतबार सुन प्रति औंस २७७१.७३ डलर छ भने चाँदी प्रति औंस ३०.६४ डलरले कारोबार भइरहेको छ।

गत शुक्रबार सुन प्रतिऔंस २७७२.५५ डलर र चाँदी ३०.७७ डलर थियो।