नबिल बैंकको ‘लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’को म्याद असार मसान्तसम्म थप

बिजमाण्डू
२०८२ बैशाख २६ गते १७:११ | May 9, 2025
नबिल बैंकको ‘लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’को म्याद असार मसान्तसम्म थप

काठमाडौं। नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’को म्याद थप गरेको छ। बैंकले विज्ञप्ति जारी गर्दै ग्राहकको उत्साहजनक सहभागिता र प्रतिक्रियाका कारण योजनाको म्याद थप गरिएको जनाएको छ।

Tata
GBIME

बैंकका अनुसार नयाँ वर्षको अवसरमा सुरु गरिएको उक्त योजना अब असार मसान्तसम्म लागू हुनेछ।

यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नु नपर्ने बैंकले जानकारी दिएको छ। क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफूलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त पनि गर्न सक्नेछन्।

‘यो योजनाले आधुनिक बैंकिङलाई प्रवर्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त रहेको छ। बाई नाओ, पे लेटरमार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन्,’ बैंकको विज्ञप्तिमा भनिएको छ।

ग्राहकले बैंकको शाखामा गई यसबारे थप जानकारी लिन तथा लाइफटाइम निःशुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन्। साथै नबिल बैंकको वेबसाइटमा गएर अनलाइनमार्फत पनि आवेदन पनि दिन सकिने विज्ञप्तिमा उल्लेख छ।