काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिनका तुलनामा शुक्रबार एक हजार रुपैयाँ बढ्दा तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा करोबार भएको थियो।
चाँदीको मूल्य पनि आइतबार घटेर प्रति तोला १ हजार ८ सय ६५ रुपैयाँ भएको छ। शुक्रबार तोलाको १ हजार ८ सय ८० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थोरै घटेको छ। आइतबार सुन प्रति औंस २७७१.७३ डलर छ भने चाँदी प्रति औंस ३०.६४ डलरले कारोबार भइरहेको छ।
गत शुक्रबार सुन प्रतिऔंस २७७२.५५ डलर र चाँदी ३०.७७ डलर थियो।