हिरा ब्यापारी निरब मोदीका कारण आर्थिक समस्यामा परेको पंजाब नेशनल बैंकले आफ्नो अचल सम्पति बेचेर ८६०० करोड भारतीय रुपैयाँ जुटाउने योजना सार्वजनिक गरेको छ।
यसअघि बैंकले आफ्नो केही अचल सम्पति बेचेर ४०० करोड भारु जुटाइसकेको छ।
पिएनबीका प्रबन्ध निर्देशक सुनिल मेहताका अनुसार बैंकले चालु आर्थिक वर्षमा ८६०० करोड भारु बराबरको कम महत्वका सम्पतिहरु बिक्री गर्ने योजना बनाएको छ। ‘हामी सही दिशामा अघि बढिरहेका छौं’- उनले भने।
उनका अनुसार बैंकले पीएनबी हाउजिङ फाइनान्स कम्पनीमा रहेको आफ्नो सम्पति बिक्री गर्न मर्चेन्ट बैंकरहरु नियुक्त गरिसकेको छ।
लामो समयदेखि हिरा ब्यापारी निरब मोदीका कारण संकटमा परेको बैंकले आफ्नो समस्या समाधानकालागि बिभिन्न उपायहरु अपनाइरहेको छ। भारतकै दोस्रो ठूलो सरकारी बैंक निरब मोदी काण्डपछि आफूलाई सम्हाल्ने कोशिश गरिरहेको छ।