काठमाडौं। “योर पार्टनरफर प्रोग्रेस” भन्ने नारा लिएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ।
मध्यबानेश्वर क्षेत्र र वरपरका जनताको बैंकसँगको पहँुच बढ्ने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ।
बैंकको देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई सेवा दिँदै आएको छ।