सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो, प्रति तोला कति ?

बिजमाण्डू
२०८१ पुष २६ गते ११:३९ | Jan 10, 2025
सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो, प्रति तोला कति ?


काठमाडौं। सुन र चाँदीको भाउ शुक्रबार बढेको छ। सुनको भाउ प्रति तोला ८०० तथा चाँदीको भाउ प्रति तोला ५ रुपैयाँ बढेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन शुक्रबार प्रति तोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य प्रति तोला १८४५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको असर नेपालमा पनि सुनचाँदी महँगिएको हो।