काठमाडौं। सुन र चाँदीको भाउ शुक्रबार बढेको छ। सुनको भाउ प्रति तोला ८०० तथा चाँदीको भाउ प्रति तोला ५ रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन शुक्रबार प्रति तोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य प्रति तोला १८४५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको असर नेपालमा पनि सुनचाँदी महँगिएको हो।