
काठमाडौं। सुनको मूल्य नेपाली बजारमा प्रति तोला १ हजार ५०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबार प्रति तोला १ लाख ५२ हजार रुपैयाँमा झरेको छ।
सुन गत शुक्रबार प्रति तोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ भने स्थिर छ। गत शुक्रबार प्रति तोला १ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार पनि त्यही रहेको महासंघले जनाएको छ।