BIZMANDU
www.bizmandu.com

सुनको मूल्य नेपाली बजारमा प्रति तोला १५०० रुपैयाँ घट्यो, चाँदीको भाउ भने स्थिर

२०८१ पुष २१

सुनको मूल्य नेपाली बजारमा प्रति तोला १५०० रुपैयाँ घट्यो, चाँदीको भाउ भने स्थिर
सुनको मूल्य नेपाली बजारमा प्रति तोला १५०० रुपैयाँ घट्यो, चाँदीको भाउ भने स्थिर


काठमाडौं। सुनको मूल्य नेपाली बजारमा प्रति तोला १ हजार ५०० रुपैयाँ घटेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबार प्रति तोला १ लाख ५२ हजार रुपैयाँमा झरेको छ।

सुन गत शुक्रबार प्रति तोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने स्थिर छ। गत शुक्रबार प्रति तोला १ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार पनि त्यही रहेको महासंघले जनाएको छ।