
काठमाडौं । लगातार बढिरहेको सुनको भाउ साताको अन्तिम दिन तोलामा १ हजार २०० रुपैयाँले घटेको छ।
अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य घटेर शुक्रवार मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीवार सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य दुई दिनपछि तोलामा ६५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँ भएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य बढेर प्रतिऔंस २७१२.९७ डलर पुगेको थियो। शुक्रबार भने भाउ घटेर प्रतिऔंस २६८७.२८ डलरमा आइपुगेको छ।
यस्तै, आजको मूल्य चाँदी प्रतिऔंस ३०.९४ डलर छ। बिहीबार चाँदी प्रतिऔंस ३२.०८ डलर थियो।