सुनचाँदीको मूल्य फेरि बढ्यो, सुन प्रति तोला ३ सय र चाँदी १५ रुपैयाँले वृद्धि

बिजमाण्डू
२०८१ मंसिर २० गते १०:५४ | Dec 5, 2024
सुनचाँदीको मूल्य फेरि बढ्यो, सुन प्रति तोला ३ सय र चाँदी १५ रुपैयाँले वृद्धि


काठमाडौं। यो साता सुनको मूल्य पुनः विस्तारै उकालो लागिरहेको छ। अघिल्लो दिनका तुलनामा बिहीबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ भने चाँदी १५ रुपैयाँ बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५० हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिनका तुलनामा एक सय बढ्दा बुधबार सुन प्रति तोला १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

चाँदी तोलाको १ हजार ८ सय ८० रुपैयाँ भएको छ।अघिल्लो दिनको भन्दा तोलामा १५ रुपैयाँले बढेको हो। बुधबार प्रति तोला १ हजार ८ सय ६५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस २६४७.३४ डलर र चाँदी प्रति औंस ३१.२३ डलरले कारोबार भइरहेको छ। बुधबार सुन २६५०.४२ डलर र चाँदी ३१ डलर थियो।