आज सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँ, चाँदीको भाउ पनि घट्यो

बिजमाण्डू
२०८१ मंसिर १६ गते ११:२१ | Dec 1, 2024
आज सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँ, चाँदीको भाउ पनि घट्यो


काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। आज सुन तोलामा ४०० रुपैयाँ घटेको हो।

Tata
GBIME

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

शुक्रवार सुन तोलामा १ हजार ६०० रुपैयाँ बढेर प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य तोलामा आज ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८४० रुपैयाँमा कायम छ।

शुक्रवार चाँदी तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला एक हजार ८४५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस २६४९.८७ डलर र चाँदी प्रतिऔंस ३०.६२ डलर छ।