काठमाडौं।सिभिल बैंकले गत बर्षको नाफाबाट लाभांश घोषणा गरेको छ।
बैंकले १०.२५ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनकालागि ०.५४ प्रतिशत नगद लाभांश दिने भएको छ।
घोषित लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको चुक्ता पूँजी ६ अर्व ९३ करोड रुपैयाँ छ। तेस्रो त्रैमाससम्म बैंकले ३५ करोड रुपैयाँ नाफा कमाएको छ।