काठमाडौं। नेपालको लागि हाइसेन्स ब्राण्डको आधिकारिक वितरक नविन डिष्ट्रिब्युटर्स प्रालिले विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै 'हाइसेन्स वर्ल्डकप २०१८ एक हैन, दुई हैन, तीन अफर' ल्याएको छ।
यो योजना अन्तर्गत हाइसेन्सको ३२ इन्च वा सोभन्दा माथिको टिभी खरीद गर्दा ग्राहकहरुले ३० प्रतिशतसम्म नगद फिर्ता पाउन सक्नेछन्। यस्तै उनीहरुले एउटा स्क्य्राच कार्ड पनि प्राप्त गर्ने र त्यसबाट थप नगद वा राइस कुकर, भ्याकुम क्लिनर वा इलेक्ट्रिक बर्तन आदिको गिफ्ट ह्याम्पर पाउन सक्ने कम्पनीले जनाएको छ।
यस्तै गोला प्रथाबाट छानिने बम्पर पुरस्कारमा साइड वाइ साइड रेफ्रिजेरेटर, सिंगल डोर रेफ्रिजेरेटर, वासिङ मेसिन अथवा टेलिभिजन पनि उपहारमा पाउन सक्ने कम्पनीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ।