सुनको कारोबार मूल्य तोलामा एक सय बढ्यो, चाँदीमा १५ रुपैयाँको बढोत्तरी

बिजमाण्डू
२०८१ असोज १७ गते १०:४९ | Oct 3, 2024
सुनको कारोबार मूल्य तोलामा एक सय बढ्यो, चाँदीमा १५ रुपैयाँको बढोत्तरी


काठमाडौं। दसैं सुरु भएको दिन सुनचाँदी दुवैको कारोबार मूल्यमा बढोत्तरी छ। सुन तोलामा एक सय र चाँदी १५ रुपैयाँ बढेको छ।

Tata
GBIME

बिहीबार सुन प्रति तोला १ लाख ६० हजार ९ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार १ लाख ६० हजार ८ सय रुपैयाँ थियो भने मंगलबार १ लाख ६० हजार थियो।

चाँदीको कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ५० रुपैयाँ भएको छ। बुधबार १ हजार ९ सय ३५ थियो भने मंगलबार १ हजार ९ सय २५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार प्रति औंस २६५४.२ डलर रहेको सुनको मूल्यमा झिनो गिरावट छ। बुधबार सुन प्रति औंस २६५५.१९ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ३१.२४ डलरबाट बढेर ३१.५७ डलर पुगेको छ।