चार दिनपछि सुनको भाउ बढ्यो, बुधबार प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँ

बिजमाण्डू
२०८१ असोज १६ गते ११:२२ | Oct 2, 2024
चार दिनपछि सुनको भाउ बढ्यो, बुधबार प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँ


काठमाडौं । पछिल्लो दिन घटिरहेको सुनको मूल्य चार दिन पछि आज बढेको छ। तोलामा ६०० रुपैयाँ बढ्दै बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

मंगलबार सुन तोलामा ५०० रुपैयाँ घटेर कारोबार मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १० रुपैयाँ वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला एक हजार ९३५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९२५ रुपैयाँमा आइपुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढ्दा यसको असर स्थानीय बजारमा परेको छ। मंगलबार प्रतिऔंस २६३९.८७ डलर रहेको सुन बुधबार बढेर प्रतिऔंस २६५४.२डलर भएको छ। चाँदीको आज ३१.२४ डलर छ।