
काठमाडौं। सुनचाँदीको मूल्यमा आइतबारदेखि सामान्य गिरावट छ। गत साता बढ्दा तोलामा एक हजारमाथि बढ्ने सुनको मूल्य यो साता घट्दा तोलामा थोरै थोरै घटिरहेको छ। सोमबार तोलामा एक सय रुपैयाँले घटेको छ।
सोमबारका लागि कारोबार मूल्य प्रति तोला एक लाख ६० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो दिन पनि सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रति तोला एक लाख ६० हजार ६ सय रुपैयाँमा आइपुगेको थियो।
चाँदीको मूल्यमा पनि सामान्य गिरावट छ। ५ रुपैयाँ घट्दा सोमबार प्रति तोला १ हजार ९ सय ४० रुपैयाँ भएको छ। अघिल्लो दिन चाँदी तोलामा १० रुपैयाँ घटेर प्रति तोला १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। सुन प्रतिऔंस २६५४.२६ डलर र चाँदी प्रति औंस ३१.५७ डलरमा कारोबार भइरहेको छ। आइतबार सुन प्रति औंस २६५८.३४ डलर र चाँदी ३१.६३ डलर थियो।