
काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा दिनदिनै रेकर्ड कायम हुन थालेको छ। भाउ बढेर हरेक दिन रेकर्ड कायम हुन थालेको हो। सुनको मूल्यले आइतबारदेखि लगातार उचाइ लिइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रति तोला ७०० रुपैयाँ बढेर १ लाख ६० हजार ४०० रुपैयाँ निर्धारण भएको जनाएको छ।
सुन मंगलबार तोलामा ५०० रुपैयाँ बढेर १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा ५ रुपैयाँ घटेको चाँदी बुधबार ४० रुपैयाँ बढेको छ। चाँदीको भाउ प्रति तोला १ हजार ९५५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस २६५७.८९ डलर र चाँदीको मूल्य प्रति औंस ३१.८९ डलर पुगेको छ।