काठमाडौँ।सामूहिक लगानी कोषका आधा दर्जन इकाइको मूल्य बेस प्राइस भन्दा तल झरेका छन्।
शेयर बजार घटेको प्रत्यक्ष प्रभाव सामूहिक लगानी कोषमा समेत देखिएको छ। ग्लोबल आईएमइ समुन्नत स्कीम १, लक्ष्मी इक्विटी फण्ड , नबिल इक्विटी फण्ड, एनआईबिएल प्रगति फण्ड, एनएमबि हाइब्रिड फण्ड एल -१ र सिदार्थ इक्विटी फण्डको प्रति एकाई मूल्य बेस प्राइस १० रुपैयाँ भन्दा तल झरेका हुन्।नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा १२ सामूहिक योजना सूचीकृत छन्।
नेप्से उचाईमा पुगेको बेला दोस्रो बजारमा शेयर खरिद गरेका सामूहिक लगानी कोषका एकाईको मूल्य बेस प्राइस भन्दा तल झरेको इन्भेस्टर फोरमका महासचिव राजन लम्सालले जानकारी दिए।बेस प्राइस भन्दा एकाईको मूल्य तल झर्दा एकाईधनीलाई सिधा असर हुने उनले बताए। बेस प्राइस भन्दा तल झरेका सामूहिक लगानी कोषले तत्काल इकाईधनीलाई लाभांश दिन सक्दैदन्। उनका अनुसार इकाईधनीको सम्पत्तिको मूल्य समेत घटेको छ।
अहिले लगानीकर्ताले दोस्रो बजारमा सामूहिक लगानीकोषको एकाईहरु बेस प्राइस भन्दा कम मूल्यमा पाउन सक्छन्। तर कम मूल्यमा सामूहिक लगानी कोषका एकाई खरिद गर्दा भविश्यमा लाभ नै हुन्छ भन्ने निश्चित नहुने लम्सालको तर्क छ।दोस्रो बजारमा कम मूल्यमा पाइएका एकाईहरुका प्रवर्द्धकले ती योजना अन्तर्गत दोस्रो बजारबाट कस्ता कम्पनीका शेयर खरिद गरेका छन् र पोर्टफोलियोको अवस्था समेत हेर्न उनी सुझाब दिन्छन्।
इकाइ खरिद गर्नु पूर्व कोषले बजारबाट खरिद गरेको शेयरको मूल्य,हालको मूल्य, शेयर खरिद गरिएका कम्पनीको बजारको अवस्था र भविश्यमा बजार बढ्दा ती कम्पनीका शेयर मूल्य कति बढ्छ भन्ने अनुमान लगाउनसक्नुपर्ने लम्साल बताउँछन्।दोस्रो बजारमा लगानी गर्न समय अभाव हुने र साना लगानीकर्तालाई लक्षित गर्दै सामुहिक लगानी कोषले इक्विटी फण्ड ल्याउने गर्छन्।
पछिल्लो समय सामूहिक योजनाले निश्चित समय अवधी राखेर बन्दमूखी योजनाहरु सार्वजनिक गरेका छन्।सामूहिक योजना अन्तर्गत संकलन भएको रकमबाट कोष प्रवर्द्धकले सबैभन्दा बढी प्राथमिक र दोस्रो बजारबाट शेयर खरिद गर्छन। खरिद गरिएको शेयरको दोस्रो बजारमा गरिने कारोबारबाटनै कोष प्रवर्द्धकले बढी मुनाफा आर्जन गर्छन। सोहि मुनाफा बाट इकाई धनीलाई बार्षिक रुपमा लाभांश प्राप्त हुन्छ।
सामूहिक लगानी कोषमा इकाईधनीले सधै लाभांश पाउने निश्चित हुँदैन। दोस्रो बजारको घटबढले पनि इकाईको नाफा/घाटा तय गर्छ।पछिल्लो समय दोस्रो बजारको गिरावटले सामूहिक योजनाको मूल्यमा असर परेको हो।सामूहिक योजनाहरु लामो समयको लागि गरिने लगानी भएकोले तत्काल मुनाफा नभएपनि दीर्घकालमा इकाईधनीले लाभ प्राप्त गर्न सक्छन्।
एक वर्षको इकाइको मूल्य:
सामुहिक लगानी कोष | अधिकतम मूल्य | न्युनतम मूल्य | अन्तिम मूल्य |
ग्लोबल आईएमइ समुन्नत स्कीम १ | १०.३ | ९.३१ | ९.९९ |
लक्ष्मी इक्विटी फण्ड | १०.३ | ९.६ | ९.७ |
लक्ष्मी भ्यालु फण्ड १ | १४.५९ | १० | ११.५ |
नबिल ब्यालेन्स फण्ड १ | २४.७५ | १४.४३ | १६.६ |
नबिल इक्विटी फण्ड | ११ | ९.४५ | ९.९ |
एनआईबिएल प्रगति फण्ड | १०.४ | ९.४१ | ९.५५ |
एनआईबिएल समृद्धि फण्ड १ | १३.४६ | १०.०४ | ११.६३ |
एनएमबि हाइब्रिड फण्ड एल -१ | १०.५५ | ९.४१ | ९.८५ |
एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ | १५.३ | १०.५ | १३.१ |
सिदार्थ इक्विटी फण्ड | १०.२ | ९.६१ | ९.७५ |
सिदार्थ इक्विटी ओरियन्टेड स्किम | १४.१ | १०.४ | १२.२४ |
सिदार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-१ | २८.६५ | १९. | २०.९ |