
काठमाडौं । शंखमुलस्थित दोभान पुल नजिकै रहेको एक वर्कसपमा आगो लागेको छ। आगोको कारण वर्कसपसँगैको टहरा र घरहरुमा पनि क्षति पुगेको छ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आएको छैन। अग्नी नियन्त्रक, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।











