विद्युत प्राधिकरणले खुलायो पीपीए, ५४ वटा जलविद्युत आयोजनालाई ३० दिनको समयावधि

बिजमाण्डू
२०८२ बैशाख ३१ गते १४:५७ | May 14, 2025
विद्युत प्राधिकरणले खुलायो पीपीए, ५४ वटा जलविद्युत आयोजनालाई ३० दिनको समयावधि
File Photo


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ५ हजार मेगावाट विद्युतको खरिद/बिक्री सम्झौता(पीपीए) खुला गरेको छ।

Tata
GBIME
NLIC

प्राधिकरणको मंगलबार बसेको संचालक समिति बैठकले ४ हजार ९६५ मेगावाट का ५४ वटा जलविद्युत आयोजनाका लागि पीपीए खुला गर्ने निर्णय गरेको हो।

फागुन १२ गतेसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका जलविद्युत आयोजनाको पीपीए गर्ने प्राधिकरणले जनाएको छ।

हितेन्द्रदेव शाक्यले प्राधिकरणमा कार्यकारी निर्देशकको पदबहाली गरेको दिन बसेको संचालक समिति बैठकले आयोजना ग्रिड कनेक्सन एग्रिमेन्ट भएको आयोजनाको पीपीए गर्ने निर्णय गरेको थियो।

पीपीएका लागि ३० दिनभित्र प्राधिकरणको विद्युत व्यापार विभागमा सम्पूर्ण कागजात र विवरण पेस गर्न भनिएको छ।

आयोजनाले निवेदन दिँदा कम्पनी दर्ताको प्रमाणपत्र, प्यान दर्ताको प्रमाणपत्र, कम्पनीको प्रबन्ध पत्र, कम्पनीको नियमावली, उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, बहाल रहेको विद्युत सर्वेक्षणको अनुमतिपत्र, सेयर लागत विवरण, आयोजना निर्माणको तालिका, ग्रिड कनेक्सन एग्रिमेन्ट लगायत कागजात पेस गर्नु पर्नेछ।

५४ आयोजनामध्ये ३८ वटा नदी प्रवाह (पीओआर)मा आधारित छन् भने १६ आयोजना जलशाययुक्त हुन्।

क्र.सकम्पनी नामआयोजना नामक्षमता(मेगावाट)
ग्रिड नेपाल कम्पनी प्रालिचमेलिया८५
अप्पर त्रिशूली हाइड्रोपावर लिमिटेडअप्पर त्रिशूली-२१०२
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडहिमचुली दोर्दी५७
गोमा गणेश हाइड्रोपावर प्रालिदोर्दी दुध१९
मिजु इनर्जी प्रालिलोयर अप्सुवा५४
सिम्बुवा रेमिट हाइड्रो लिसिम्बुवा खोला६९.४
सूर्य इनर्जी प्रालिबुढिगण्डकी९१.१
युनियन हाइड्रोपावर लिमिटेडअप्पर तमोर-ए६०
सुस्मित इनर्जी प्रालिम्याग्दी खोला-बी१२.५
१०अरुण भ्याली हाइड्रोपावर डेप्लोपमेन्ट कम्पनी लिमिटेडअप्पर काबेली-२१४.५
११लिवर्टी इनर्जी कम्पनी प्रालिबदिगढ२४.६
१२हनुमान हाइड्रोपावर प्रालिछिलुङ खोला४३.२
१३हनुमान हाइड्रोपावर प्रालितातोपानी खोला१९
१४इस्टर्न इनर्जी प्रालिइर्खुवा खोला क१५
१५माथिल्लो मैलुङ खोला जलविद्युतमध्य मैलुङ१३
१६ऊर्जा डेभलोपर्स प्रालिदुधकोसी-९१६६
१७सिम्बुवा हाइड्रोपावर प्रालिमाथिल्लो सिम्बुवा खोला४०
१८सगरमाथा हाइड्रोपावर प्रालिदुधकोसी-६१७१
१९दोर्दी खोला जल विद्युत कम्पनी लिमिटेडम्याग्दी खोला-ए२३.७
२०नेपाल हाइड्रोभेन्चर प्रालितमोर खोला३५.२
२१आइबी इनर्जी प्रालिहोङ्गु खोला-१२९.९
२२दोर्दी खोला जल विद्युत कम्पनी लिमिटेडसुपर इन्खु२२
२३युनिभर्सल पावर कम्पनी लिमिटेडमाथिल्लो इन्खु२४.२
२४अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबुदुम खोला१४.५
२५अप्पर तामाकोसी हाइड्रोपावररोल्वालीङ२०.६
२६प्रकाश सोलुसन प्रालिसुपर पालुङ३५.३
२७सानिमा हाइड्रोपावर लि.अप्पर मैलुङ-बी१७
२८ट्रस्ट इनर्जी लि.पालुङ खोला-१३०
२९ग्रिन भेन्चर्स लि.लिखु ४ ए क्यास्केड१२.२
३०म्याग्दी खोला हाइड्रोपावर कम्पनी प्रालिम्याग्दी२७.५
३१रुरुगढ पावर कम्पनी लिमिटेडउप्पल्लो रुरुबन्चु१९.६
३२सुम्मित पावर कम्पनी प्रालिसुर्के दुधकोसी१८८
३३चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडबुढी गण्डकी पोर्क८१
३४चिलिमे हाइड्रोपवार कम्पनी लिमिटेडचुम्चेत स्यारखोला४५
३५केसीज् होटेल्स एण्ड मल्टीप्रपोज प्रालिसुप्रिम मिडेल सेती१८
३६भेरीबबई मल्टी पर्पोज परियोजनाभेरी रिभर४६.८
३७एचइडी इनर्जी प्रालिरोल्वालिङ खोला८१.३
३८एटलस इनर्जी प्रालिमिडल घुन्सा खोला३०.२
नदि प्रवाहमा आधारित आयोजना

प्राधिकरणका अनुसार नदी प्रवाहमा आधारित १ हजार ८५८ मेगावाट र अर्धजलाशययुक्त ३ हजार १०७ मेगावाट क्षमताका जलविद्युत आयोजनाको पीपीए गरिनेछ।

हाल प्राधिकरणले १० मेगावाटभन्दा साना आयोजनाको मात्र पीपीए गरिरहेको थियो।

क्र.सकम्पनी नामआयोजना नामक्षमता(मेगावाटमा)
अप्पर अरुण हाइड्रोइलेक्ट्रिसिटी प्रोजेक्टअप्पर अरुण१०६१
चिलिमे हाइड्रो कम्पनी लिमिटेडसेती नदि-३८६.२
स्नोफल हाइड्रोपावर लितेजो थोगम२८.९
फ्रेस वाटर इनर्जीअप्पर मुदी खोला१२.७
ओमेगा इनर्जी डेप्लोपर प्रालिअप्पर सुनिगढ१४
अपी पावर कम्पनी लिमिटेडत्रिशूली गल्छी३०
उज्यालो इनर्जी सोलुसन प्रालिलिखु खोला३६
हिमताल हाइड्रोपावर कम्पनी प्रालिअप्पर मर्स्याङ्दी-२३२७
इन्डिपेन्डेन्ट हाइड्रोपावर प्रालिदूधकोसी-५९५.३
१०विद्युत उत्पादन कम्पन‍ी लिमिटेडफुकोट कर्णाली४८०
११बेथान कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लि.बेथान कर्णाली४४२
१२सन स्टार इनर्जी प्रालिसुपर सेति४६
१३सानीभेरी हाइड्रोपावर कम्पनी प्रालिसानीभेरी -३ पीआरओआर क्यास्डेज२९.८
१४नेपाल पोर्टफिलियो इनर्जी प्रालिमाथिल्लो चुवा लुरुप्या११०.०२
१५बिजबेली इनर्जी प्रालिचुवा खोला क्यास्डेज९८.१
१६चैनपुर सेती हाइड्रोपावर कम्पनी लिमिटेडचैनपुर सेती२१०
जलाशययुक्त आयोजना