
काठमाडौं। अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ।
आयोगले कम्पनीलाई बोनस सेयर वितरणपश्चात हाल कायम चुक्ता पुँजी ४ अर्ब १३ करोड बराबरको ०.४० प्रतिशतले हुन आउने १ अर्ब ६५ करोड बराबरको १ करोड ६५ लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो।
कम्पनीले उक्त हकप्रद सेयर प्रति कित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ।
आयोगबाट हकप्रद ल्याउन स्वीकृति पाएपछि प्रक्रियाअनुसार कम्पनीले अन्तिम स्वीकृतिका लागि भने नेपाल धितोपत्र बोर्डबाट लिने छ।
बोर्डले स्वीकृति दिएपछि मात्र कम्पनीले सेयर निष्कासन तथा बिक्री गर्ने छ।