काठमाडौं। महिन्द्रा गाडीको नेपाली विक्रेता अग्नि इन्कर्पोरेटले महिन्द्रा रिवा इ २० पावर स्टेरिङ गाडी नेपालमा भित्र्याएको छ। कम्पनीले बिजुलीबाट चल्ने वातावरणमैत्री गाडी नेपालमा ल्याएको हो।
यो गाडी अरु गाडीको तुलनामा किफायती हुने कम्पनीले जनाएको छ। यसले वातावरणमा कुनै असर नगर्ने कम्पनीले दावी गरेको छ। यो गाडीको नेपालमा मूल्य २४ लाख ३५ हजार रुपैयाँ रहेको छ।
यसैबीच अग्नि इन्कोर्पोरेटेडले महिन्द्रा रिवाको सहकार्यमा जिरो इमिशन डे को अवसरमा २१ सेप्टेम्बरमा अन्तरक्रिया कार्यक्रम गरेको छ। 'प्रदुषण रहित काठमाडौं' भन्ने विषयमा आयोजित उक्त कार्यक्रममा काठमाडौंमा हुने हानिकारक ग्यासको उत्सर्जन कम गर्न मानिसले पुर्याउन सक्ने योगदानबारे छलफल भएको थियो।
कार्यक्रममा युएन ह्याबिट्याटका भुषण तुलाधर, काठमाडौं र त्रिभुवन विश्वविद्ययालयमा वातावरण विभागका प्राध्यापक अमूल्य तुलाधर र महिन्द्रा रिवा (एक्सपोर्ट) का महाप्रबन्धक प्रणय दिपलाई आ–आफ्नो क्षेत्रमा पुर्याएका योगदानबापत सम्मान गरिएको थियो।